• ८ वैशाख २०८१, शनिबार

हाम्रा सम्पदा

तस्बिरमा सिंहपाल बाबाको मन्दिर

blog

तस्बिर : राजेश ढुंगाना

कञ्चनपुर, कात्तिक २६ गते । भीमदत्त नगरपालिकाको सिंहपुर अर्थात् शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जङ्गलको मध्य भागमा रहेको सिंहपाल बाबाको मन्दिर यो क्षेत्रमा प्रसिद्ध छ। 

खुला क्षेत्रमा रहेको शिलास्तम्भ, गणेशको मन्दिर, दक्षिण पश्चिममा सूर्यको मन्दिर, पश्चिममा देवीको मन्दिर, उत्तर पूर्वमा सिद्भबाबाको मन्दिर अर्थात् विष्णुको मन्दिर रहेका छन्। 

जङ्गलको बीचमा रहेको मन्दिरलाई केही समयअघि हात्तीले भत्काएको थियो। यो मन्दिर पूर्व राजाले नृत्य पूजा गरेको ठाउँ हो। मन्दिरमा रहेका शिला स्तम्भ दुर्लभ र महत्त्वपूर्ण भएको मानिन्छ। भक्तजन कम मात्रै पुग्ने यो मन्दिरलाई प्राचीन सम्पदाको रूपमा हेरिएको छ।