• ८ वैशाख २०८१, शनिबार

थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि

blog

काठमाडौं, कात्तिक २६ गते । पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ६८० जना को पीसीआर परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २४ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितको मृत्युदर शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५३० छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ६५ हजार ९५१ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।