बुद्ध मूर्ति हस्तान्तरण

काठमाडौँ, ९ चैत । थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले संयुक्त राष्ट्रसङ्घीय आर्थिक र सामाजिक आयोग (एसिया प्रशान्त) का कार्यकारी सचिव संसाद अख्तरलाई आज बैंककमा विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको मूर्ति हस्तान्तरण गर्नुभएको छ ।

सो आयोगका लागि नेपाली स्थायी प्रतिनिधिसमेत रहनुभएका अधिकारीले सो आयोगको आवासीय प्रतिनिधिको परामर्श बैठकमा नेपाल सरकार र नेपाली जनताको उपहारका रुपमा सो बुद्धमूर्ति हस्तान्तरण गरेको बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

दुई दशमलव पाँच फिट अग्लो सो मूर्ति नेपाल हस्तकला सङ्घको सहयोगमा उपलब्ध गराइएको हो । सो अवसरमा राजदूत अधिकारीले नेपालमा जन्मनुभएका शाक्यमुनि बुद्धको जीवन र शिक्षा तथा नेपाली काष्ठकलाबारे जानकारी गराउनुभयो । कार्यकारी सचिव अख्तरले सो मूर्ति कार्यालयको विशेषस्थलमा राखिने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना