महान्यायाधिवक्ताको शपथ आज

काठमाडौँ, भदौ २ गते । नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले भण्डारीलाई बुधबार महान्यायाधिवक्तामा सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसअनुसार उहाँको नियुक्ति भइसकेको छ ।
वरिष्ठ अधिवक्ता भण्डारी न्याय, कानुनको क्षेत्रमा चार दशकदेखि क्रियाशील हुनुहुन्छ । उहाँले यसअघि नेपाल बार एसोसिएसनको कार्यसमितिमा रहेर काम गरिसक्नुभएको छ ।
गत आइतबार महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले राजीनामा दिनुभएपछि उक्त पद रिक्त थियो । वर्तमान सरकार गठन भएको दुई महिनासम्म पनि श्रेष्ठ नै महान्यायाधिवक्तामा निरन्तर रहनुभएको थियो । महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार हुने संवैधानिक व्यवस्था छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds