• १४ वैशाख २०८१, शुक्रबार

पीएम कप क्रिकेट : एपीएफलाई आर्मीको मध्यम लक्ष्य

blog

टसअघि एपीएफ र आर्मीका कप्तान । तस्बिर : क्यान

काठमाडौं, कात्तिक २६ गते । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई जितका लागि एक सय ८० रनको मध्यम लक्ष्य दिएको छ । त्रिवि मैदानमा शनिबार (आज)  भएको फाइनल खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले ३९ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७९ रन बनायो । 

आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ४९ रन बनाउनुभयो । जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामी मगरले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारी ११ रन बनाउनुभयो । बलिङमा एपीएफका अमर सिंह रौटेला र मौसम ढकालले तीन तीन विकेट लिनुभयो । 

किशोर महतोले दुई विकेट झार्नुभयो । प्रतियोगिताको विजेताले १० रुपियाँ पुरस्कार पाउनेछ । उपविजेतालाई पाँच लाख रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई २० हजार र इमर्जिङ खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।