• ७ वैशाख २०८१, शुक्रबार

पाँचथरका चार स्थानीय तहमा नमुना मतदान

blog

पाँचथरको सदरमुकाम फिदिमस्थित पाँचथर बहुमुुखी क्याम्पसमा गराइएको नमुना मतदानमा सहभागी मतदाता । तस्बिर : राधा लुइटेल

राधा लुइँटेल

फिदिम, कात्तिक २६ गते । पाँचथरका विभिन्न चारवटा स्थानीय तहमा नमुना मतदान गरिएको छ । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा बदर मत घटाउनका साथै मतदान प्रक्रियाबारे आम नागरिकलाई जानकारी गराउन नमुना मतदान गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले फिदिम नगरपालिकासँगै कुम्मायक, तुम्वेवा, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकामा नमुना मतदान गरेको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराइले जानकारी दिनुभयो । नमुना मतदानमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतदान गर्ने प्रक्रियासँगै शान्ति सुरक्षाको व्यवस्थापन र निर्वाचन सामग्रीको प्रयोग लगायतका विषय वस्तु समेटिएको उहाँको भनाइ छ ।

नमुना मतदानमा १ सय जनाले सहभागिता जनाएका थिए । फिदिम नगरपालिकामा शनिबार गराइएको नमुना मतदानमा निर्वाचनमा खटाइने कर्मचारीसँगैै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदाताका रुपमा सहभागी गराइएको थियो ।