• १६ चैत २०८०, शुक्रबार

राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक : जेक सुलिभान

blog

वाशिङ्गटन, कात्तिक २६ गते । अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको  जी–२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् । भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्देछ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, भारत अर्को वर्ष जी–२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी–२० मा सहभागी हुन चाहनुहुन्छ र सम्भवतः भेट त्यतै हुनेछ । राष्ट्रपति बाइडेनको पदभार ग्रहण  लगत्तै प्रधानमन्त्री मोदी ह्वाइट हाउस पुग्नु भएको थियो ।

‘दुई नेताले पटक–पटक फोन वार्ता र भिडियो वार्ता गरिरहनु भएको छ । अमेरिका–भारत साझेदारीलाई बलियो बनाउने लगायतका दुईपक्षीय चासोका मुद्दाहरूमा दुई नेता बीच छलफल भइरहेका छन् र राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक हुनहुन्छ,’ सुलिभानले भन्नुभयो । 

यसअघि शुक्रबार राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसंघको २७औँ जलवायु परिवर्तन सम्मेलन (कोप २७) को छेउमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग पनि भेटवार्ता गर्नु भएको थियो । 

इतिहासमा सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने देश भएकोमा अमेरिकाले व्यापक आलोचनाको सामना गरिरहेको  बेला राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रको जलवायु वार्तालाई सम्बोधन गर्नु भएको  न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

जी–२० अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख मञ्च हो जसले विश्वव्यापी जिडिपीको को लगभग ८५ प्रतिशत, विश्वव्यापी व्यापारको ७५ प्रतिशतभन्दा बढी र विश्व जनसङ्ख्याको लगभग दुई तिहाइको प्रतिनिधित्व गर्दछ ।

जी–२० अध्यक्षताको अवधिभर भारतले देशका विभिन्न स्थानहरूमा  लगभग २०० वटा बैठकहरू आयोजना गर्नेछ । अर्को वर्ष हुने जी–२० शिखर सम्मेलन  भारतले आयोजना गर्ने सबैभन्दा उच्च महत्त्वको अन्तर्राष्ट्रिय सम्मेलनहरू मध्ये एक हुनेछ । रासस/एएनआई