• १६ चैत २०८०, शुक्रबार

आगो तापेर घाइते भएका बालकको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक २६ गते । तनहुँमा आगो ताप्ने क्रममा शरीरमा आगो सल्किएर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

भिमाद नगरपालिका-७ अर्चलेमा ९ वर्षीय सुभाष थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

आगो ताप्ने क्रममा कार्तिक २१ गते जलेर गम्भीर घाइते भएका ती बालकको उपचारका क्रममा २३ गते राति मृत्यु भएको जानकारी उहाँले दिनुभयो ।

आगो ताप्ने क्रममा शरीरका विभिन्न भागमा पोली घाइते भएका ती बालकको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।