• ७ वैशाख २०८१, शुक्रबार

नयाँ उम्मेदवारलाई मौका दिनुपर्छ: मतदाता

blog

उम्मेदवार गैरे ।

बिन्दु थापा 

तानसेन, कात्तिक २६ गते । पाल्पा क्षेत्र नं . २ मा एमालेबाट यस पटक प्रतिनिधिसभा सदस्यका लागि ठाकुर गैरेलाई उम्मेदवार पाउँदा पाल्पाली मतदाताहरू उत्साही भएका छन् । 

राजनीतिक तथा सामाजिक आन्दोलनमा लामो समय बिताउनुभएका गैरेले यसअघि कुनै संसदीय निर्वाचनमा मौका नपाएको बताउँदै अहिले ठाकुर गैरैको विकल्प नरहेको युवा नेता चुरा गोदारले बताउनुभएको छ ।

मतदाता उमा अर्यालले भन्नुभयो,  “क्रियाशील राजनीतिक जीवनको ३२ वर्षपछि उहाँ पहिलोपटक उम्मेदवार बन्नुभएको छ, यसकारण पनि पाल्पालीहरूले यसपटकको निर्वाचनमा ठाकुर गैरेलाई नै महत्त्व दिएका छन् । ”

कृषिमा बजेट वृद्धि र बजारीकरण, कालीगण्डकी कोरिडोर, मध्यपहाडी लोकमार्ग, सिद्धार्थ राजमार्गजस्ता सडकको स्तरवृद्धि आफ्नो प्राथमिकता रहेको उम्मेदवार ठाकुर गैरेले बताउनुभयो ।

युवालाई उद्यमशीलतातर्फ जोड्न, बालबालिका, युवा, महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायतको हकहितको रक्षा आदिवासी जनजातिको पहिचान गर्न संस्कृतिको संरक्षण गर्न, तानसेन बुटवल सडकलाई स्तरोन्नति गर्न, कालीगण्डकी कोरिडोरको राम्दी रिडी सडक निर्माण द्रुत गतिमा गर्न, रुरु मोक्ष सरोवर, माण्डव्य सरोवर निर्माण गरी आयमुखी पर्यटन परियोजना सञ्चालन गर्न, पाल्पाका ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्रको संरक्षण र विकासका साथै आवश्यक पर्यटन पूर्वाधार विकास गर्न लागि पर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।