• १६ चैत २०८०, शुक्रबार

त्रिशूलीमा र्‍याफ्टिङ (फोटो फिचर)

blog

त्रिशूलीमा र्‍याफ्टिङ । तस्बिर–राजेश ढुंगाना

गोरखापत्र अनलाइन

धादिङ, कात्तिक २६ गते । धादिङ जिल्लाको चरौदी भएर बगेको त्रिशूली नदीमा स्वदेशी पर्यटकहरू र्‍याफ्टिङ गर्न घुइँचो लागेको छ । त्रिशूली र्‍याफ्टिङलाई नेपालको सबैभन्दा लोकप्रिय ह्वाइटवाटर टुर पनि भनिन्छ । 

विगत केही वर्ष अघिसम्म विशेष गरी विदेशी पर्यटकहरू अत्यधिक रमाउने यस र्‍याफ्टिङमा अहिले स्वदेशी पर्यटकहरू रमाउन थालेका छन् ।

त्रिशूली नदी काठमाडौंको उत्तरपश्चिममा रहेको हिमालय ताल गोसाइँकुण्डबाट सुरु हुन्छ । पौराणिक कथाअनुसार भगवान् शिवले आफ्नो त्रिशूल चट्टानी पहाडमा छेडेर तीनवटा झरना बनाएका थिए । 

यी तीनै मुहान नदीको पानीको स्रोत भएकाले यसलाई त्रिशूली नदीको नामकरण गरिएको हो ।









Author
राजेश ढुंगाना

ढुंगाना गोरखापत्र संस्थानका पूर्व प्रमुख फोटो सम्पादक तथा हाल स्वतन्त्र फोटो पत्रकार हुनुहुन्छ ।