• १६ चैत २०८०, शुक्रबार

२४ घण्टामा थप १० जनामा कोरोना पुष्टि

blog

काठमाडौं, कात्तिक २५ गते । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ३३९ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २६ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितको मृत्युदर शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५४६ छ ।