दलले घोषणापत्रमा उल्लेख गरेको बाचा बिर्सिए

Subash Newangकाठमाडौँ, ९ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलका नेतामा आत्मशक्ति र संविधान बनाउने भावना हुने हो भने दुई घन्टामा संविधानका विवादित विषयमा सहमति हुने बताउनुभएको छ । आज आफ्नै कार्यकक्षमा नागरिक समाज नेपालको ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङले सो कुरा बताउनुभएको हो । “दलले आफ्नै घोषणापत्रमा उल्लेख गरेको बाचा बिर्सिएकाले र राष्ट्रप्रतिको जिम्मेवारी वहन नगरेकाले मुलुकले समयमै संविधान पाउन सकेको छैन”, उहाँले भन्नुभयो । कामका लागि बिदेसिएका श्रमिकको कोषबाट दलका नेताले विदेश भ्रमण गर्नुहुन्न भनी संविधानसभाका तर्फबाट पहल गरेर रोकिएको जानकारी पनि उहाँले दिनुभएको थियो । ज्ञापनपत्र बुझाउँदै समाजका अध्यक्ष सागरकुमार पाठकले नागरिकले सामाजिक सुरक्षा र न्याय पाउन नसकेको, महिला हिंसा दिनानुदिन बढ्दै गएको, राष्ट्रियतामा खलल पुगेको, संविधानका लागि विदेशीलाई गुहारिएको र महँगी एवम् भ्रष्टाचार पनि बढ्न थालेकाले रोक्ने पहल गरिदिन माग गर्नुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना