• १५ चैत २०८०, बिहिबार

शनिबार प्रविधि मेला हुने

blog

काठमाडौँ, कात्तिक २५ गते । शनिबार राजधानीमा प्रविधि सम्बन्धी मेला आयोजना हुने भएको छ । मेलामा विद्यार्थीहरुले तयार पारेका विभिन्न किसिमका रोबोटिक्सदेखि भीआर अनुभव, पब्जी तथा फिफा खेलको अनुभव, थ्रीडी प्रिन्टिङ लगायत प्रदर्शनी रहनेछ । एड्भान्स रोबोटिक्स क्लबले आयोजना गरेको प्रदर्शनीकै क्रममा छुट्टै प्रतिस्पर्धा पनि सञ्चालन हुनेछ । जहाँ उत्कृष्ट छनोट हुने चार टोलीले मुम्बई आइआइटीको टेकफेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त फेस्टमा विभिन्न १८ ओटा देशहरुको सहभागिता रहने आयोजक एड्भान्स रोबोटिक्स क्लबका संयोजक संयम अर्यालले जानकारी दिनुभयो ।

मेला राजधानीको कलंकीस्थित एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको प्राङ्गणमा हुनेछ । मेलाको अवलोकनको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको अर्यालले जानकारी दिनुभयो । अवलोकनकर्ताले प्रतिस्पर्धासहित अन्य मनोरञ्जनात्मक गतिविधिमा पनि सहभागि हुने अवसर पाउने उहाँले बताउनुभयो ।