• ८ वैशाख २०८१, शनिबार

साबिक विजेता फ्रान्सको विश्वकप टोली घोषणा

blog

काठमाडौं, कात्तिक २४ गते । साबिक विजेता फ्रान्सले कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि खेलाडी टोलीको घोषणा गरेको छ । फ्रान्सले बुधबार राति २५ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको हो । 

फ्रान्सका प्रशिक्षक प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीमा यसअघि चोटसँग जुधिरहेको राफायल भरानेलाई समेत समेट्नुभएको छ । अन्तिम टोलीको गोलरक्षकमा ह्युगो लोरिस, अल्फोन्स आरिओला र स्टिभ मान्डान्डा हुनुहुन्छ । 

रक्षकहरुमा लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिवा, दायोट उपमेकानो र राफायल भराने हुनुहुन्छ । 

यसैगरी मिडफिल्डरमा एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी र जोर्डन भेरेटु हुनुहुन्छ । स्ट्राइकरहरुमा करिम बेन्जेमा, केलियन एमबाप्पे, किंग्सले कोमान, औसमाने डेम्बेले, ओलिभर गिरोड, एन्टोइन ग्रिजम्यान र क्रिस्टोफर एनकुन्कु हुनुहुन्छ । 

विश्वकपमा फ्रान्स समूह ‘डी’ मा छ । यस समूहमा फ्रान्ससहित ट्युनिसिया, अष्ट्रेलिया र डेनमार्क छन् । फ्रान्सले मङ्सिर ६ गते अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । एजेन्सी