• १३ वैशाख २०८१, बिहिबार

नेपाल र पाकिस्तान मैत्रीपूर्ण फुटबल : भाग्यमानी दर्शकलाई विश्वकप हेर्ने मौका

blog

काठमाडौं, कात्तिक २४ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाल र पाकिस्तानबीच कात्तिक ३० गते हुने मैत्रीपूर्ण खेलको भाग्यमानी दर्शकलाई विश्वकप हेर्ने मौका दिने भएको छ ।

भाग्यमानी विजेताले कतारमा आयोजना हुनु लागेको आसन्न फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने टिकट पुरस्कार प्राप्त गर्ने एन्फाका प्रवक्ता सुरेश शाहले बताउनुभयो ।

एन्फाले बिहीबार पत्रकार सम्मेलनमार्फत मैत्रीपूर्ण खेलको जानकारी दिएको हो । एन्फाले मैत्रीपूर्ण खेलको टिकट दर समेत तय गरेको छ । उक्त खेलमा एन्फाले सामान्य प्यारापिटको पाँच सय र भिआइपी प्यारापिटको एक हजार रुपियाँ निर्धारण गरेको छ । नेपाल र पाकिस्तानको खेल साँझ ५ः३० बजे हुनेछ ।

एन्फाले विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलका लागि ८० वटा टिकट विक्रीमा राखिने समेत जनाएको छ । विश्वकपको टिकट दर पाँच हजार रुपियाँ राखिएको छ । एन्फालाई फिफाले दुई सय ५० टिकट उपलब्ध गराएको बताइएको छ ।

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तान टोली आइतबार नेपाल आउनेछ । मैत्री खेलमा लागि एन्फाले मुख्य प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरी खेलाडीको तयारी गराएको छ ।