पुर्चौडीको बजेट रु ४५ करोड ४३ लाख

बैतडी,  साउन २९ गते । बैतडीको पुर्चौडी नगरपालिकाले रु ४५ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा रु ४५ करोड ४३ लाख सात हजार ५८६ को बजेट नगरप्रमुख रणबहादुर कुँवरले सार्वजनिक गर्नुभएको हो ।

चालूतर्फ रु पाँच करोड छ लाख ३६ हजार ५०० र पूँजीगततर्फ रु २२ करोड ८९ लाख ९० हजार ७९६ र विषयगततर्फ रु २२ करोड ८९ लाख ९० हजार विनियोजन गरेको छ ।

यस्तै, नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । यस अनुसार नगरभित्रका सडक सञ्जाललाई प्राथमिकतामा राखिएको छ ।

नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडकलगायतका विभिन्न विकास निर्माणका कार्यक्रम रहेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds