• १३ वैशाख २०८१, बिहिबार

न्युजिल्याण्डलाई पराजित गर्दै पाकिस्तान विश्वकप क्रिकेटको फाइनलमा

blog

न्युजिल्याण्डको पहिलो विकेट लिएपछि खुशी हुँदै अफ्रिदी । अफ्रिदीले यो प्रतिस्पर्धामा दुई विकेट लिनुभयो ।तस्बिर : क्रिक बज

काठमाडौं, कात्तिक २३ गते । न्युजिल्याण्डलाई सात विकेटले हराउँदै पाकिस्तान आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । 

अष्ट्रेलियाको सिड्नीमा बुधबार भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्याण्डलाई सात विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । अब फाइनलमा पाकिस्तानले दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल बिहीबार भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले तीन विकेटको क्षतिमा १९ ओभर १ बलमा १ सय ५३ रन बनाएर पूरा गरेको हो ।  पाकिस्तानको जितमा मोहमद रिजवानले ५७ र कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिनुभयो । 

२० ओभरमा चार विकेटको क्षतिमा १ सय ५२ रन बनाएको न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेल्नुभएको थियो ।  न्युजिल्याण्डका कप्तान केन विलियम्सनले ४६ रन बनाउनुभयो । 



पाकिस्तानका शाहिन अफ्रिदीले दुई र मोहमद नवाजले एक विकेट लिनुभयो ।