• ८ वैशाख २०८१, शनिबार

भूकम्प पीडितका लागि गृहले पठायो राहत सामग्री

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक २३ गते। डोटी भूकम्पले क्षति पुर्‍याएको क्षेत्रमा गृह मन्त्रालयले राहत सामग्री पठाएको छ। मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार प्रदेश गोदाम घर धनगढीबाट एक ट्रक राहत सामग्री पठाइएको हो।

मन्त्रालयले भूकम्पमा मृत्यु भएका परिवार तथा पूर्ण तथा आंशिक घरमा क्षति भएकालाई राहत रकम तत्काल वितरण गर्ने प्रबन्धसमेत मिलाइएको उहाँको भनाइ छ। क्षतिको विवरण सङ्कलन कार्य स्थानीय तहको समन्वयमा जिल्ला प्रशासन  कार्यालयमार्फत भइरहेको मन्त्रालयले जनाएको छ। 

भूकम्पपछि खोज, उद्धार तथा राहतमा स्थानीय तहको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय परिचालन भएका छन्। घाइतेमध्ये ६ जनाको स्थानीय अस्पताल र अन्य दुई जनालाई सेनाको हेलिकप्टमार्फत् सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ। 

मन्त्रालयले भूकम्पमा परेर ज्यान गुमाएका ६ जनाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। मृतकका परिवार र आफन्तजनमा समवेदना प्रकट गर्दै मन्त्रालयले घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ। बुधबार बिहानका राति २ बजेर १२ मिनेट मा गएको ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्पमा परेर डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको मृत्यु भएको विवरणसमेत मन्त्रालयले सार्वजनिक गरेको छ।