साउनमा हरियाको महिमा

laxmi khatiwadaलक्ष्मी खतिवडा


 

असारको अन्तिम सातादेखि नै बजारमा सुरु हुने हरियोको चहलपहल साउनको अन्तिम सातासम्म आइपुग्दा त अत्यन्तै रमाइलो माहोलमा परिणत हुन्छ ।  सानादेखि ठूलासम्मको रोजाइमा पर्ने हरियोेले बजारको रौनकलाई हरियाली बनाएको देखिन्छ ।  साउनमा हरियोको खोजीमा पसल पसलमा भौतारिएका भीडको अनुहारमा देखिने उत्साहले वरपरको वातावरणलाई नै हर्षित बनाएजस्तै लाग्छ ।  यतिबेला प्रायःमहिलाको हातमा हरियो चुरा, फुल बुट्टे मेहेन्दी र हरियो पहिरनमात्र देखिन्छ ।  यो माहोलले हरियो रङमा रुचि नहुनेलाई रुचि बढाएको छ ।  सबैखाले उमेर समूहका महिला अहिले कस्मेटिक पसल, फेन्सी पसल र बुटिकमा हरियोमा पनि परिमार्जित रङ र फेशनएवल डिजाइनका सौखिन बढी छन् ।
 कलेज पढ्ने युवतीदेखि चालीस कटेका महिलाको लागि पनि अहिले हरियो पहिरन सहज बनेको छ ।  साउनमा हरियो धेरै प्रसङ्ग र जनविश्वाससँग जोडिएकाले पनि लगाउनुपर्छ भन्ने मान्यता एकातर्फ छ भने समयअनुसारको बदलिँदो फेशनशैलीले झनै  आकर्षण बढाएको देखिन्छ ।  अधिकांश कलेजका युवतीले असारदेखि नै हरियो ड्रेसको डिजाइन छनोट गर्ने गर्छन् ।  न्यूरोडस्थित इगल आइज फेशन होमका प्रबन्धक, डिजाइनर राधा ढकालका अनुसार तीजमा जतिकै साउनमा पनि हरियो ड्रेसको अर्डर बढी हुन्छ ।  अचेल हरियो रङमा अन्य रङहरू मिसिएको कन्ट्रास्ट  डिजाइन सबै उमेर समूहका महिलाको  पहिलो रोजाइमा पर्ने गरेको छ ।  साउनमा पर्ने पाँचवटा सोमवारमा शिव मन्दिरमा देखिने भीडमा अचेल पाको उमेरभन्दा युवतीहरू बढी हुन्छन् ।  यो भीडको माहोलमा देखिने हरियो पहिरनसँग भगवान् शिवप्रतिको अगाध विश्वास र आस्था जोडिएकोले माहोल बढेको प्रष्ट देखिन्छ ।  आस्था र विश्वास समाजको एउटा पक्ष भए पनि कुनै कुराबाट प्राप्त हुने अलौकिक आनन्द र खुशी जीवनको अर्काे पक्ष हो ।  यो दुवैको समायोजनले सबै उमेर समूहका महिलालाई खुशी बनाएको छ ।  हातमा मेहेन्दीको बुट्टा हेर्दै रमाइरहुनु भएकी बालुवाटार निवासी निर्मला गुरागाई साउनको पहिलो सोमवार बसन्तपुरको शिव मन्दिरमा निकै रमाइलो मुडमा भेटिनुभयो ।  उहाँले फुलबुट्टे हरियो साडी, हरियो चुरा र मेहेन्दी देखाउँदै रहर पुग्ने गरी नै सेल्फी खिच्नुभयो ।   साउन भगवान् शिवको मनपर्ने महिना भएकाले भगवान् खुशी बनाउन शिवजीलाई मनपर्ने रङ्ग लगाएर खुशी भएको बताउने निर्मलाले एक महिना अघिदेखि नै साउनको लागि हरियो साडीको जोहो गरेको सुनाउनुभयो ।  
साउनमा शिवालयमा भेटिने हरेक महिला आफूले लगाउने हरियोलाई भगवान् शिवजीको मनपर्ने रङ्सँग जोडेर बुझ्ने गर्छन् ।  यस्तै, धेरै महिलाको जमघट हुने पशुपतिमा पनि प्रायः साउनभरि नै युवती हरियो पहिरनमै  बढी भेटिन्छन् ।  विवाहिताका लागि मेहेन्दी, हरियो चुरा र पहिरन सौभाग्यको प्रतीक हो भने अविवाहित महिला यसलाई उत्सुकता जगाउने रमाइलो माध्यमको रूपमा बुझ्छन् ।  कतिपयका लागि भने  हरियो फेशनयेवल बन्ने काइदा हुने गर्छ ।  यो महिनामा गरिने हरेक क्रियाकलापमा रमाइलो सौख, उत्सुकता, जिज्ञासा र  आस्था जोडिएको छ ।  यसभित्र पारिवारिक सुख, प्रेम र विश्वासलाई बलियो बनाउने अन्र्तनीहित सोच र भावना पनि जोडिएको छ ।  जसले जीवनयापनलाई अझै सुखमय र विश्वासिलो बनाउने आधारको सिर्जना गर्ने देखिन्छ ।  किनभने हरेक मानवीय क्रियाकलाप माया, विश्वास, प्रेम र खुशीमा नै अडिएको छ ।  साउने हरियो पनि हाम्रो समाजमा  यस्तै अनेकौँ  बिम्ब र प्रतीकको बीचमै घुमिरहेको छ ।  जसलाई पछ्याउने महिला जमात पनि यही सेरोफेरोभित्र नै जीवनका रहर र खुशीहरू खोजिरहेका भेटिन्छन् ।
माया र विश्वास बढाउँदै हरियो
साउन महिनामा बोटबिरुवाले रङ फेरेर पहेलो पालुवालाई हरियो बनाएजस्तै आफूले लगाइरहेको  कुनै हरियो सामग्रीबाट मनलाई  प्रकृति र मायामा अङ्कुरण गर्न सक्नु ठूलो कुरा हो ।  यो परिवर्तनले एउटा जीवनचक्रलाई नै सूचारु गरिरहेजस्तै मनले अनुभव गर्ने पविर्तनमा पनि अपार खुशी र रमाइलो पक्ष निहित छ ।  त्यसैले साउन महिना र यसका हरेक प्रसङ्गलाई  मनभित्रको माया, खुशी र आनन्दसँग जोड्न सकिन्छ ।  विज्ञकाअनुसार प्रकृतिमा घुलेको यो हरियो रङले मनलाई तत्कालै फुरुङ बनाउन सक्ने सामथ्र्य राख्छ ।  साउनमा अहिले देखिएको यो हरियोको मौसम प्रकृतिसँग मनको मेल पनि हो ।  जसले मनमा प्रेम र खुशीको मात्र सञ्चार गरिरहेको साउनप्रेमीहरूको अनुभव छ ।   ।  जीवनमा कोही पनि रङहिन जिन्दगी चाहदैन् ।  रङहरू जस्तै उल्लासमय र रङ्गिन जिन्दगी  सबै चाहन्छन् ।  कन्या र मिथुन राशि हुनेहरूका लागि साउनमा हरियोको महìव अझै बेग्लै छ तर साउनमा हरियोको महिमा धेरै कुराले बेग्लै छ ।   रातो, हरियो र नीलो र पहेँलो रङमा धेरैका आशा, अपेक्षा, माया, विश्वास र प्रेमको भाव अडिएको छ ।  यो सबैलाई मनपर्ने रङ हो ।  यीमध्ये रातो र हरियोको महìव साउनमा अपार छ ।  हरियो शान्तको प्रतीक हो ।  रङविद् हरियोलाई मनमा सकारात्मक र आनन्दको ऊर्जा सञ्चार गर्ने रङ मान्छन् ।  यस्तै, रातो माया र विश्वास, सौभाग्यको पहिचान हो ।  पहेलो रङ पवित्रताको प्रतीक हो ।  यी रङहरूको मेलले जीवनमा नयाँ खुशी र आनन्दको सचार गर्छ भने यसलाई किन प्रयोग नगर्ने भन्ने महìवपूर्ण कुरा हो ।  साउन महिनालाई रमाइलो बनाउने धेरै पक्षमध्ये हरियोको प्रसङ्ग रोचक छ ।  विशेषगरी महिलाका लागि  माया र विश्वासको भाव सञ्चार गर्ने महिनाको रूपमा पनि लिइन्छ ।  साउनको पर्खाइमा बस्नेका लागि यो महिना मनभरि आनन्द र खुशीको  सञ्चार गर्ने महिनाको रूपमा पनि रहन्छ ।    प्रकृतिको  हरियालीसँग मनलाई पनि सामेल बनाएर आनन्द र खुशी हुने महिनाको रूपमा महिलाका लागि विशेष महìव छ ।  धार्मिक आस्था, विश्वाससँगै फेरी हरियालीको कुराले मनमा  प्रकृतिसँगको अन्तरमिलन बोध गराउँछ ।  
प्रेमको महिना साउन
साउनलाई प्रेमको महिना मानिन्छ ।  मनमा  नयाँ, जोश जाँगर, उत्साह, प्रेम र प्रणय भावलाई सङ्केत गर्ने महिनाको रूपमा पनि लिन्छन् ।  साउनको महिमालाई बुझेर या जानी नजानी प्रयोग गरिने विशेष महìवका सामग्रीमा यस्तै माया, विश्वास र प्रेम नै लुकेको छ ।  साउनमा लगाइने हरियो चुरा, मेहेन्दी, पहेलो, रातो र हरियो पहिरनमा जीवनमा धेरै आशा, अपेक्षा र विश्वास जोडिएको छ ।  यो सबै अन्ततः माया र प्रेमकैै लागि हुन् ।  दाम्पत्य सुखको प्रसङ्ग, माया गर्नेको प्रतीकात्मक सम्झना, कल्पना, हुनेवाला मायालुको सम्झनामा जोडिएको साउनको व्रत, मेहेन्दी, चुरा, पोते र हरियोको सबै प्रसङ्ग पनि साउनको महिमासँगै जोडिएकाले यो महिना अझै विशेष छ ।  यसभित्र लुकेको प्रेम र मनमा अनुभव हुने रमाइलो पक्ष जीवनमा अन्य कुराबाट प्राप्त हुने रमाइलोभन्दा बेग्लै छ ।  यसमा पनि एक आपसको सद्भाव र विश्वासलाई अझै बलियो बनाउने माध्यमका रूपमा महिला अचेल साउनलाई लिन्छन् ।  
धार्मिक मान्यताअनुसार हरियोको  महिमा
जानकारहरूकाअनुसार साउन महिना आराध्यदेव शिवजीको महिना भएकाले यसको महìव अपार बन्दै गएको हो ।  समयअनुसार मनाउने शैलीमा आएको परिवर्तनले रमाइलो माहोल बनाएको छ ।  सबैभन्दा ठूलो देवका पनि देव भगवान् खुशी बनाउन साउनमा धेरै कुराहरू गरिनेमध्ये हरियो एक हो ।  शिवजी खुशी बनाउन साउनमा हरियो पहिरन लगाउने गरेको प्रसङ्गबारे जानकारहरू भन्छन् हरियो नलगाए शिवजी रिसाउने पो हुन की भन्ने डरले पनि अचेल हरियो लगाउनेहरू बढेका हुन् ।  यो बाहेक  साउनमा हरियो रङ प्रकृतिसँगको सामीप्यताले गर्दा पनि  मान्छे खुशी भएर लगाउन चाहन्छन् ।   हरियाली हेर्दा आँखालाई पनि राम्रो,  खाँदा स्वास्थ्यलाई पनि राम्रो, लगाउँदा पनि राम्रो, मनलाई आनन्दित बनाउने गुण हुन्छ ।  धर्मको आधारमा मात्र नभएर यस्ता विविध उपयोगका दृष्टिले पनि हरियोको महìव धेरै भएको उहाँको भनाइ छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना