• ४ वैशाख २०८१, मङ्गलबार

नेप्से परिसूचक ३९.१५ अङ्कले गिरावट

blog

काठमाडौं, कात्तिक २३ गते । गत सोमबारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधबार पनि उच्च अङ्कले गिरावट भएको छ । आज नेप्से परिसूचक ३९.१५ अङ्कले घटेर १९१७.२२ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अङ्कले र सेन्सेटिभ इण्डेक्स २.७९ अङ्कले घटेको छ ।

कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ ।

नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक ४.७३ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैङ्क उपसमूहको परिसूचक ३.१८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत,अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ७.४२ प्रतिशत बढेको छ । मिर्मिरे माइक्रोफाइनान्सको शेयर मूल्य २.२२ प्रतिशत बढेको छ । तर, यता एक्सेल डेभलपमेन्ट बैङ्क, गुराँस लघुवित्त, उपकार लघुवित्त शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा आज नेष्डो समृद्ध लघुवित्तले ६ करोड ७८ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।