• १५ चैत २०८०, बिहिबार

मोरङ ३ मा नयाँ निर्वाचन कार्यक्रम तय

blog

काठमाडौं, कात्तिक २३ गते । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

आयोगको निर्णय अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिनेछ ।



यो पनि पढ्नुहोस

उम्मेदवार थापाको निधनप्रति कांग्रेसद्वारा शोक व्यक्त