हस्ताक्षर सनाखत आइतबार

काठमाडौँ, साउन २८ गते ।  निर्वाचन आयोगले पशुपतिशमशेर जबरासहितका नेताहरूले नयाँ राजनीतिक दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि आयोगमा निवेदन दर्ता गराउने निवेदकहरूलाई आइतबार हस्ताक्षर सनाखत गर्न बोलाएको छ ।  
आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।  आयोगको निर्णयमा भनिएको छ, ‘‘पशुपतिशमशेर जबरासहितका निवेदकलाई समर्थन गर्ने केन्द्रीय कार्यसमितिका सदस्य र संसदीय समितिका सदस्यहरूलाई आयोगमा उपस्थित भई आइतबार बिहान ११ देखि ५ बजेसम्म सनाखत गर्ने । ’’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट विभाजित भई पशुपतिशमशेरसहितका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिक नामक दल दर्ताका लागि साउन २२ गते निर्वाचन आयोगमा निवदेन दर्ता गराउनुभएको थियो ।  
अबको कानुनी प्रक्रिया के हुन्छ ? भनी आयोगका उपन्यायाधिवक्ता घनश्याम ओझासँग राखिएको जिज्ञासामा आइतबार निवेदकहरूले आयोगमा आई हस्ताक्षरमा खनाखत गर्नुपर्ने तथा संसदीय दल र केन्द्रीय कार्यसमितिको छुट्टाछुट्टै ४० प्रतिशत पुगेमा नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो ।  नयाँ दल दर्ताका लागि १५६ सदस्यीय केन्द्रीय समिति र ३६ सदस्यीय संसदीय समितिको छुट्टाछुट्टै ४० प्रतिशत पुग्नुपर्ने हुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds