• ८ वैशाख २०८१, शनिबार

विद्यार्थीका लागि नेवाः संस्कार र संस्कृति प्रदर्शनी

blog

– नेवाः संस्कार र संस्कृति प्रदर्शनी ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २३ गते । भुटेको गेडागुडी, सखरखण्ड र पिँडालुको कला प्रदर्शन गर्ने चाड सकिमिला पुन्हिको अवसरमा जगतसुन्दर ब्वनेकुथी लखुतीर्थले विद्यालय प्राङ्गणमा नेवाः संस्कार र संस्कृति प्रदर्शन गरेको छ ।

उक्त प्रदर्शनीकाे उद्घाटन 'जगतसुन्दर ब्वनेकुथी' (विद्यालय) का संस्थापक प्रधानाध्यापक रत्नदेवी कसाःले गर्नुभयो ।

नेवाः जातिको जन्मदेखि मृत्यु संस्कारमा प्रयोग हुने भेषभूषा, गरगहना, खाद्यान्न, पूजा सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

त्यसैगरी, नेवाः जातिको १२ महिनामा हुने चाडपर्व र चाडपर्वमा खाइने खाद्यान्न र गरिने मनोरञ्जनका साथै पर्वअनुसार गरिने पूजा सामग्रीबारे पनि प्रदर्शन गरिएको थियो ।

उक्त प्रदर्शनीले विद्यार्थीलाई नेपालभाषाको ‘येँ देय् म्हसिका’ विषयलाई अध्ययन गर्न अझ सहज हुने ब्वनेकुथीका प्रधानाध्यापक सुनीता मानन्धरले बताउनुभयो ।

उपत्यकाका विभिन्न विद्यालयका हजारौं विद्यार्थीले प्रदर्शनीको अवलोकन गरेका थिए ।