• १३ वैशाख २०८१, बिहिबार

सालकको खपटासहित गोङ्गबुबाट दुई पक्राउ

blog

काठमाडौँ,  कात्तिक  २३ गते । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुसँग १० किलोग्राम पाँच सय ग्राम सालकको खपटा बरामद गरेको छ । यस्तै, विकले प्रयोग गर्ने बा५८प ८३३७ नं. को मोटरसाइकल र मगरले प्रयोग गर्ने बागमती प्रदेश ०२–०२८ प ७६७२ नं. को मोटरसाइकल बरामद गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।