• ८ वैशाख २०८१, शनिबार

मोरङ ३ (क)मा नयाँ निर्वाचनको कार्यक्रम तय हुने

मोरङमा उम्मेदवारको मृत्यु : मङ्सिर ४ मै मतदान

blog

काठमाडौं, कात्तिक २३ गते । मोरङ ३ (क) काे प्रदेश सभाकाे सदस्यका लागि उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधन भएसँगै उक्त क्षेत्रमा नयाँ निर्वाचनको कार्यक्रम तय हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले उक्त क्षेत्रमा नयाँ निर्वाचन कार्यक्रमको निर्णय गरेर जिल्ला निर्वाचन अधिकृतलाई पठाउने जानकारी दिनुभयो । सोही बमोजिम नयाँ मनोनयन, दर्ता, दाबी विरोध गर्नेलगायतका प्रक्रिया हुन्छन् ।

उहाँले भन्नुभयो, ‘‘नयाँ निर्वाचन कार्यक्रम तय हुन्छ । जुन पार्टीको उम्मेदवारको मृत्यु भएको हो सो पार्टीलाई उम्मेदवारी दिने, दाबी विरोध, उजुरी, अन्तिम नामावली प्रकाशन गर्ने प्रक्रिया हुन्छन् ।’’ प्रवक्ता पौडेलले मोरङ ३ (क) मा निर्वाचन मङ्सिर ४ गते नै हुने बताउनुभयो ।

उम्मेदवारी दर्तापछि कुनै उम्मेदवारको निधन भएमा ऐनअनुसार निर्वाचनको नयाँ कार्यक्रम तय गरेर निर्धारित मितिमै चुनाव हुने व्यवस्था छ ।

प्रदेश १ का वनमन्त्री तथा नेपाली कांग्रेस प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको बुधबार बिहान निधन भएको थियो । केही दिनअघि डेंगु सङ्क्रमित हुनुभएको मन्त्री थापाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान १०ः४० बजे निधन भएको थियो ।

सम्बन्धित समाचार