• ७ वैशाख २०८१, शुक्रबार

सकियो खग्रास चन्द्रग्रहण (फोटो फिचर)

blog

काठमाडौंबाट देखिएको चन्द्रग्रहणको कोलाज । तस्बिर : मनोजरत्न शाही र केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २२ गते। खग्रास चन्द्रग्रहण सकिएको छ। मङ्गलबार) साँझ ५ः११ मा सुरु भएको ग्रहण  ६ बजेर ३४ मिनेटमा सकिएको हो। अग्नि तत्त्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो। 

सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अष्ट्रेलियाबाट समेत देखिएको छ। चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण भन्ने गरिन्छ। ग्रहणले पुरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो। 

मंगलबार साँझ ५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो भने बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहणको उन्मीलन भएको थियो। नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिएको छ। चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ।

 तस्बिर : मनोजरत्न शाही र केशब गुरुङ