• १६ चैत २०८०, शुक्रबार

अदातलको निर्णयलाई अपहेलना ओलीले गरे: मन्त्री पौडेल

blog

शिक्षा , विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल ।

गोरखापत्र अनलाइन

बागलुङ, कात्तिक २२ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको निर्णयलाई अपहेलना गरेको आरोप लगाउनुभएको छ। मङ्गलबार ताराखोला गाउँपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केपी ओलीले अदातलको निर्णयलाई परमादेशको सरकार भनेर अदालतको अपहेलना गरेको आरोप लगाउनुभएको हो । 

“जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्याउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ ।” उहाँले भन्नुभयो, “ यो सरकार परमादेशबाट जन्मिएको हो भनेर अदालतको निर्णयलाई अपहेलना गर्नुभयो ।’’ 

संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई छुट्टै प्रकारको अधिकार दिएको बताउनुभएको छ । 

“व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कार्यपालिकाले कार्यान्वयन गर्छ र कहीँकतै संविधान र कानुनमा अवरोध भयो भने त्यसको व्याख्या र रक्षा गर्ने काम न्यायपालिकाको हो ।” उहाँले भन्नुभयो, “न्यायपालिकाले गरेको निर्णयको ओलीले अपहेलना गरे ।”