जिल्ला बक्सिङ संघमा मगर

गाईघाट (उदयपुर), साउन २१ गते   । यहाँ नौ सदस्यीय जिल्ला बक्सिङ संघ गठन गरिएको छ । खेलाडीको शुक्रबारको तेस्रो भेलाले जिल्ला अध्यक्षमा धनबहादुर मगर, उपाध्यक्षमा सुजन परियार, सचिवमा विमल भुजेल र कोषाध्यक्षमा विमला दनुवार तथा सदस्यमा विजय राई, पर्वत श्रेष्ठ, रञ्जिता मगर र सुमन राईलाई चयन गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्प विकले बताउनुभयो ।


कभर्ड हल बन्दै
सदमुकाम गाईघाटस्थित बोक्सेको जिल्ला खेलकुद विकास समितिको हलको परिसरमा अर्को बृहत् कभर्ड हल निर्माण शुरु भएको छ ।

नब्बे मि लम्बाइ र ६० मि चौडाइसहितको उक्त हल निर्माण तीव्ररुपमा भइरहेको छ ।

राष्ट्रिय खेलकुद विकास परिषद्को रु ३० लाख लगानी र बाँकी जिल्ला ब्याडमिन्टन संघ तथा जिल्ला खेलकुद विकास समितिको आर्थिक लगानीमा निर्माण भइरहेको उक्त हल बनेपछि जिल्लाको बृहत् कभर्ड हल हुने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष पर्वत गुरुङले बताउनुभयो ।

एउटै हलमा ब्याडमिन्टन, सितोरिया तथा तेक्वान्दोसहित तीन प्रकारको खेल खेल्न सकिने हिसाबले आधुनिक ढंगबाट भवन निर्माण भइरहेको छ । हल एकै पटकमा २०० सम्म खेलाडी अटाउन सक्ने क्षमतासहितको बन्नेछ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds