• १३ वैशाख २०८१, बिहिबार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

blog

पाल्पा, कात्तिक २० गते । जिल्लाको पूर्व खोलामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिवार बेलुकी साढे ७ बजेतिर आर्यभाङ्ज्याङ्–पूर्व खोला सडक खण्डको पूर्व खोला–४, मङ्गलामा ट्याक्टर दुर्घटना हुँदा चालक पूर्व खोला–२, का २२ वर्षीय चालक कमल रानाको मृत्यु भएको हो । 

लु ४ त ७१९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खस्दा रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 


Author

रेखीराम राना