• ५ वैशाख २०८१, बुधबार

लामो समयदेखि बन्द हाटबजार सञ्चालनमा

blog

तिलाचन पाण्डे

तम्घास, कात्तिक १९ गते । विगत लामो समयदेखि बन्द रहेको हाटबजार शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । एक करोड ३३ लाख रुपियाँ लागतको तम्घासको चारीखोलामा निर्माण भएको हाट बजार गत वैशाखदेखि बन्द रहेको थियो ।

बन्द रहेको हाटबजारको परिसरमा उपल्लो तम्घास माध्यमिक विद्यालयको बस र अन्य सवारी साधन पार्किङस्थलको रूपमा समेत परिणत भएको थियो ।

यता, नागरिक समाज, गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले हाटबजार निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले हाटबजार बन्द हुँदा कृषकहरू र सेवाग्राही सबै मारमा परेको भन्दै हाटबजार सञ्चालनमा आउँदा कृषक र उपभोक्तालाई सहजता आउने र कोही पनि बिचौलियाको मारमा नपर्ने उहाँको भनाइ छ ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले रेसुङ्गा नगरपालिकाका कर्मचारीहरू खटाएर हाट बजार सञ्चालन गर्न नसकिने भएकाले निजी क्षेत्रसंगको समन्वयमा  कृषकले उत्पादन गरेका कृषि उपजहरूलाई सहज रूपमा बिक्री वितरण गर्ने गरी  नगरले उचित प्रबन्ध मिलाएको उहाँले दाबी गर्नुभयो । 

उक्त हाटबजार निर्माणमा साबिकको जिल्ला कृर्षि विकास कार्यालयको चौध लाख, साबिकको जिल्ला विकास समितिको आठ लाख, जिल्ला पशुसेवा कार्यालय, गुल्मीको दश लाख प्रदेश सरकार र नगरपालिकाको गरी कुल एक करोड ३३ लाख रुपियाँको लगानी रहेको रेसुङ्गा नगरपालिकाले जनाएको छ  ।