श्री नृसिंह जात्रा (उपाकलं सायाः) आउँदो साउन २८ गते हुने

गोरखापत्र समाचारदाता
ललितपुर, साउन १७ गते । ललितपुरका राजोपाध्याय ब्राम्हण समुदायबाट सञ्चालित हुँदै आएको श्री नृसिंह जात्रा (उपाकलं सायाः) आउँदो साउन २८ गते हुने भएको छ । यो जात्रा करिब ३८६ वर्ष पुरानो भएको लिखित इतिहास रहेको बताइन्छ ।
मल्ल कालको नेपाल सम्बत ८६९ सालदेखि सञ्चालित जात्रा यो पटक तुइलाक्व टोलबासी घनश्याम शर्माको घरबाट सुरु हुनेछ ।
विगतमा उपाकर्म गुठीले सञ्चालन गर्दै आएकोमा यो वर्षदेखि नृसिंह जात्रा समारोह समितिको नाममा जात्रा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस जात्रामा पालोवाला पुरोहित वा उहाँका ज्वाइँ वा भान्जामध्ये एकजना नरसिंह बनेर नगर परिक्रममा गर्ने चलन रहेको छ ।
वर्षातको बेला बाढी पहिरो तथा विभिन्न प्राकृतिक प्रकोपका कारण रोगव्याधि फैलिन सक्ने समयमा विश्व शान्तिको कामना गर्दै उक्त जात्रा आयोजना हुँदै आएको जात्राका संयोजक माधवश्याम शर्माले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृतिमा धनी नेपालमा संस्कृति मन्त्रालय रहे पनि केही काम नगरेको गुनासो गर्नु भयो ।
संस्कृति मन्त्रालय मुकदर्शक भएर रमिते भएर बस्न नमिल्ने भन्दै यथासक्य चाँडो थुप्रै लोप हुन लागेका संस्कृतिलाई संरक्षण गर्न भूमिका निर्वाह गर्नुपर्ने धारणा बताउनु भयो । उहाँले लिच्छविकाल र मल्लकालका थुप्रै संस्कृतिलाई जीवन्त पार्न सकेकोमा खुशी व्यक्त गर्दै तिनमा समयनाकुल परिमार्जन गर्नुपर्ने धारणा पनि व्यक्त गर्नु भयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds