आलु गोदाममा आगलागी

उदयपुर, चैत ७ गते । उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित गाईघाट बजारको तरकारी बजारको एक आलु गोदाममा गएराति आगलागी भएको छ ।राति जोगेन्द्र साहको आलु गोदाममा आगलागी हुँदा गोदामघर पूर्णरुपमा जलेर नष्ट भएकोे छ ।

आगलागीबाट झन्डै रु दुई लाख ५० हजार बराबरको क्षति भएको नगर प्रहरी कार्यालय गाईघाटले जनाएको छ । आगलागी प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना