• १३ वैशाख २०८१, बिहिबार

बी.पी. प्रतिष्ठानको डेपुटी निर्देशकमा जयसवाल र लिम्बु

blog

निशा राई

धरान, कात्तिक १६ गते । बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले रिक्त रहेको डेपुटी अस्पताल निर्देशक पदमा डा. लोकेशशेखर जयसवाल र डा. इन्द्र लिम्बुलाई नियुक्त गर्नुभएको छ ।

प्रतिष्ठानको सि.टी.भि.एस.विभागका एसोसियट प्रोफेसर डा. जयसवाल तथा प्रोस्थोडोन्टिक्स विभागका असिस्टेन्ट प्रोफेसर डा. लिम्बूलाई सो पदको कार्यभार सुम्पिइएको वी.पी. प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणि पोखरेलले जानकारी दिनुभयो । 

उहाँहरू दुवै जनाले गत जेठ १८ गतेदेखि सहायक अस्पताल निर्देशक पदको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । अस्पताल सेवालाई अझ बढी चुस्त र दुरुस्त बनाउन गत असोज १६ गतेदेखि लागू हुनेगरी उपकुलपतिले डेपुटी अस्पताल निर्देशक पदमा नियुक्त गर्नुभएको सह प्रवक्ता डा. पोखरेलले बताउनुभयो ।