• ११ वैशाख २०८१, मङ्गलबार

मानव अधिकार आयोगले खटायो अनुगमन टोली

blog

काठमाडौँ, कात्तिक १६ गते । राष्ट्रिय मानव अधिकार आयोगले कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर १० मा तीन दिनअघि भएको बम विस्फोट घटनाको स्थलगत अनुगमन गर्न टोली खटाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिनुभएको हो । यही कात्तिक १२ गते उक्त स्थानमा भएको बम विस्फोटमा दुई बालिकाको मृत्यु भएको थियो भने तीन बालबालिका घाइते भएका थिए । 

“यस्तो घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न, आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने/गराउने कार्यमा संवेदनशील हुन आयोग नेपाल सरकार र सम्बद्ध निकायलाई आग्रह गर्दछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।