• ७ वैशाख २०८१, शुक्रबार

फिल्म 'बगान'को गीत सार्वजनिक

blog

काठमाडौं, कात्तिक १५ गते । सरोज खनालको निर्देशनका बनेको फिल्म 'बगान'को 'उडी छुनु छ आकाश' बोलको गीत सार्वजनिक भएको छ । बानिका प्रधानको स्वर रहेको गीतमा सुरेश वाग्लेको शब्द र हरि लम्सालको सङ्गीत छ । 

गीतको भिडियोमा करिश्मा मानन्धर, सरोज खनाल, मिथिला शर्मा र प्रमिला कार्कीलाई देख्न सकिन्छ । सुरेश वाग्लेको निर्माण रहेको यस फिल्ममा करिश्मा, सरोज, मिथिला, प्रमिलासँगै नीर शाह र वसुन्धरा भुसालको अभिनय छ । यस्तै, फिल्मका कार्यकारी निर्माता विनोद मानन्धर हुनुहुन्छ ।

नारायण जिसी र उत्सव दाहालले छायाङ्कन रहेको फिल्मलाई सन्देश शाहले सम्पादन गर्नुभएको हो । 

फिल्म फागुन १२ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।