• ११ वैशाख २०८१, मङ्गलबार

सेनाप्रमुख शर्मासँग अमेरिकी राजदूतको भेटवार्ता

blog

नेपाली सेनाका प्रमुख जनरल प्रभुराम शर्मासँग संयुक्त राज्य अमेरिकाका राजदूत रिचर्ड थम्पसनको भेटवार्ता । तस्बिर : नेपाली सेना

काठमाडौं, कात्तिक १५ गते । नेपाली सेनाका प्रमुख जनरल प्रभुराम शर्मासँग संयुक्त राज्य अमेरिकाका राजदूत रिचर्ड थम्पसनले भेटवार्ता गर्नुभएको छ । सेनाप्रमुख शर्मालाई भेट्न राजदूत थम्पसन मङ्गलबार दिउँसो भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पुग्नुभएको थियो ।

उक्त भेटघाटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

यसअघि राजदूत थम्प्सनले नेकपा (माओवादी केन्द्र) र अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गर्नुभएको थियो ।

सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो । भेटमा अध्यक्ष दाहालले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

उक्त अवसरमा राजदूत थम्पसनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो । उहाँले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गर्नुभयो ।