• १५ चैत २०८०, बिहिबार

मङ्गलबार नेप्से उच्च अङ्कले बढ्‍यो

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक १५ गते । मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । 

सोमबार १६ अङ्कले बढेको नेप्से परिसूचक मङ्गलबार ५६.११ अङ्कले वृद्धि भएर १९३०.९९ बिन्दुमा पुगेको हो । 

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०४ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स २.८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.११ प्रतिशतले बढेको छ । 

मङ्गलबार कारोबारमा आएका २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर १ अर्ब २९ करोड ६६ लाख ४ हजार ६४२ रुपियाँ बराबरको कारोबार भएको छ । मङ्गलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । 

नेप्सेका १३ उपसमूह सकारात्मक देखिएका छन्। जसमा अन्य उपसमूहको सबैभन्दा बढी ५.२८  प्रतिशतले बढेको छ । 

त्यस्तै, फाइनान्स ५.४ प्रतिशत, व्यापार उपसमूहको ४.५६, हाइड्रोपावर ४.३७ प्रतिशतले बढेको छ । विकास बैंक र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्, होटल तथा पर्यटन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

मङ्गलबार न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, युनिभर्सल पावर कम्पनीको शेयर मूल्य ९ प्रतिशत बढेको छ भने युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, दिव्यश्वरी हाइड्रोपावर र प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । आज एनआईसी एशिया बैंकको ६ करोड ६५ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।