• ८ वैशाख २०८१, शनिबार

एमालेको घोषणापत्र : ट्वान्टी ग्यारेन्टी पाँच वर्ष–एमालेले गर्छ !

खेतबारीमा पानी : खाडीमा हैन, स्वदेशमै जवानी

blog

पार्टीको घोषणापत्र सार्वजनिकपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : केशब गुरुङ

काठमाडौं, कात्तिक १५ गते । नेकपा (एमाले) ले सार्वजनिक गरेको ९६ पृष्ठ लामो निर्वाचन घोषणापत्रको मूलमन्त्र ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ रहेको छ । साथै घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ ।

कुल पाँच खण्ड रहेको एमालेको घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्नु भएको हो ।

खण्ड ‘क’मा अध्यक्षको अपिल, खण्ड ‘ख’मा नेकपा (एमाले) : गौरवशाली इतिहास, सही नेतृत्व, खण्ड ‘ग’मा हाम्रो राष्ट्रिय आकाङ्क्षा : समृद्ध नेपाल, सुखी नेपाली, खण्ड ‘घ’मा आगामी ५ वर्ष : हाम्रा २० ग्यारेन्टी र खण्ड ‘ङ’मा सुशासन, विकास, समृद्धि र समानताका लागि ५ वर्ष नीति तथा प्राथमिकता एमालेको घोषणापत्रमा उल्लेख छ ।

ट्वान्टी ग्यारेन्टी पाँच वर्ष–एमालेले गर्छ !

१. पहिलो सेसन : समृद्धि अधिवेशन

२ नेपालीलाई मात्र नागरिकता

३. हङ्गर : नो लङ्गर

४. उत्पादन स्वदेशी : बजार विदेशी

५. सुरक्षित छाना : पुग्छ सबैको चाहना

६. कमाइ : युवाको रोजाइ

७. पढाइ : भविष्यको जग बसाइ

८. प्रेसर–सुगर : भइन्न बिरामी औषधि बेगर

९. फ्री मिटर : दश हजार लिटर

१०. फ्री युनिट : ५० युनिट

११. खेतबारीमा पानी : खाडीमा हैन, स्वदेशमै जवानी

१२. दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार

१३. भूमिगत तार : सहर बजार

१४. नो लाइन : सेवा अनलाइन

१५. पाँच लाख रोजगार : न्यूनतम ज्याला २५ हजार

१६. समृद्धिसँगको नाता : सबैको बैङ्क खाता

१७. स्वास्थ्य महिनावारी : १५ सय वर्षभरी

१८. फाइभ जी सञ्चार : आइटीमा चमत्कार

१९. हामी सामाजिक : सभ्य नागरिक

२०. हाम्रो अर्थ : १०० खर्ब