• ८ वैशाख २०८१, शनिबार

नेकपा (एमाले) को चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

blog

डिजिटल प्रविधिबाट पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुहुँदै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : केशब गुरुङ

काठमाडौं, कात्तिक १५ गते । नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मङ्गलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

घोषणापत्रमा सूर्य चिह्नमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको बताइएको छ । अहिले अध्यक्ष ओलीले घोषणा पत्रको मुख्य मुख्य अंशबारे व्याख्या गरिरहनु भएको छ । घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाइभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ ।

सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघि नै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।