• ७ वैशाख २०८१, शुक्रबार

स्वर्ण पदक विजेतालाई सम्मान

blog

सम्मान गर्दै गाउँपालिकाका अध्यक्षगणेश बहादुर थापा । तस्बिर – कमल शर्मा

कमल शर्मा 

दैलेख, कात्तिक १५ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका स्वर्ण पदक विजयी बक्सर चन्द्रकला थापालाई सम्मान गरिएको छ । 

जिल्लाको भगवतीमाई गाउँपालिका र भगवतीमाई खेलकुद विकास समितिले नगद पुरस्कार र प्रमाण पत्रद्वारा उहाँलाई सम्मान गरिएको हो । 

समिति अध्यक्ष शमशेरबहादुर खड्काले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई कांस्य र स्वर्णपदक प्राप्त गरी गाउँपालिकाको नाम राख्न सफल खेलाडीलाई प्रथम वडास्तरीय फुटबल प्रतियोगिताको अवसर पारेर नगद ३५ हजार रुपियाँ र प्रमाणपत्रले सम्मान गरिएको बताउनुभयो ।