• १६ चैत २०८०, शुक्रबार

सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस सुरु

blog

फाइल तस्बिर

काठमाडौं, कात्तिक १५ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोमबार अभियोगपत्र दायर गरिएकोमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इलसालमा थुनछेक बहस जारी छ ।

प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो । तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन । सन्दीपलाई १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप  छ ।