• १५ चैत २०८०, बिहिबार

आगामी पाँच वर्ष विकास निर्माण वर्ष

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, कात्तिक १५ गते । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आगामी पाँच वर्ष विकास र निर्माणको वर्ष हुने बताउनुभएको छ। बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा उहाँले गएको वर्षमा विकासका धेरै आधार तयार पार्न सरकार सफल भएको दाबी गर्दै आगामी पाँच वर्ष विकास र निर्माणका वर्ष हुने बताउनुभयो। 

उहाँले गठबन्धनको सरकार फेरि पनि बन्यो भने विकासको खोलो बग्ने जनाउँदै देशले हरेक क्षेत्रमा प्रगति गर्ने बताउनुभयो। वर्तमान सरकारले सानो समयमा विकास र स्थायित्वका धेरै आधार तयार पार्न सफल भएकाले अब आउने समयमा ती आधारहरूमा टेकेर विकासका धेरै काम गर्न सकिने दाबी उहाँले गर्नुभयो।