• १६ चैत २०८०, शुक्रबार

सांस्कृतिक एकताको पर्व छठ : अध्यक्ष यादव

blog

राजविराजस्थित भगवती पोखरीघाट पुग्नुभएका जसपाका अध्यक्ष यादव । तस्बिर : ललिता साह

ललिता साह

वोदेवसाईन (सप्तरी) कात्तिक १४ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छठ पर्वले तराई मधेस पहाड र हिमाली जनतालाई सांस्कृतिक रुपमा जोड्ने काम गरेको बताउनुभएको छ । चुनावी अभियानमा आज छठ समापन समारोहमा पुगेर उहाँले मतदातासँग मत माग्दै सो कुरा बताउनुभएको हो ।

सप्तरी प्रतिनिधि सभा क्षेत्र २ बाट उम्मेद्वारी दिनृभएका अध्यक्ष यादव आफना समर्थकसहित राजविराजको भगवती पोखरीघाट पुगेर मत माग्नुभयो । सो अवसरमा उहाँले छठ पर्व समानताको पर्व भएको बताउनुभयो ।

मतदातालाई छठीघाटमै भेट्न सोमबार सुर्योदय झिसमिसे विहानै सप्तरी प्रतिनिधि सभा क्षेत्र ४ का उम्मेद्वार तेजुलाल चौधरीले बोदेवसाईनस्थित बैरियाको छठीघाट पुग्नुभएको थियो । सप्तरीको चार प्रतिनिधि र आठवटै प्रदेशसभाका उम्मेदवारहरु राजविराज, कञ्चनरुप, खडक, सुरुङ्गा, तिलाठी कोइलाडी, कोशीघाट लगायतको विभिन्न पोखरीको छठ घाटमा पुगेर मतदातासँग उम्मेदवारले मत माग्नुभएको छ । 

सो अवसरमा अध्यक्ष यादवले भन्नुभयो, “मधेशबाट शुरु भएको छठ पर्वजस्तै जनता समाजवादी पार्टी जनताको मत पाएर आगामी निर्वाचनम मधेश, पहाड र हिमालको साझा एवम् राष्ट्रिय पार्टी बन्नेछ ।”