• ६ चैत २०८०, मङ्गलबार

भ्यालेन्सियालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा

blog

बार्सिलेनाका लागि निर्णायक गोल गरेपछि साथीसँग खुसी साट्दै रोबर्ट लेवान्डोस्की । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक १३ गते । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा १–० गोलले हरायो । बार्सिलोनाको कठिन जितमा रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गर्नुभयो ।

लेवान्डोस्कीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउनुभयो । उहाँले जारी लिगमा लगातार गोल गर्ने क्रमलाई समेत निरन्त्रता दिनुभएको छ । जितसँगै शीर्षस्थानमा उक्लिएको बार्सिलोनाले १२ खेलबाट ३१ अंक बनाएको छ ।

पराजित भ्यालेन्सिया १५ अंकसहित १०औं स्थानमा छ । दोस्रो स्थानमा रहेको साबिक विजेता रियल म्याड्रिडको समान ३१ अंक भए पनि गोल अन्तरका आभारमा पछि परेको हो ।

अर्को खेलमा एट्लेटिको म्याड्रिड काडिजसँग ३–२, सेभिया रायोभालेकानोसँग १–० र अल्मेरियाले सेल्टा भिगोलाई ३–१ गोलले पराजित भएको छ । मालोर्का र स्पान्योलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एजेन्सी