• ६ चैत २०८०, मङ्गलबार

कोहलपुरमा पतिपत्नी भेटिए रुखमा झुन्डिएको अवस्थामा

blog

पतिपत्नी झुन्डिएको अवस्थामा फेला परेको ठाउँमा पुगेका स्थानीय ।

सिराज खान 

नेपालगञ्ज, कात्तिक १३ गते । बाँकेको कोहलपुर–१३ मा पतिपत्नी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय, कोहलपुरले दिएको जानकारीअनुसार कोहलपुर नगरपालिका १३ का ६० वर्षीय डम्बर बोहरा र ५७ वर्षीया पत्नी पार्वती बोहरा घर नजिकैको रुखमा झुन्डिएको अवस्था आइतबार दिउँसो फेला परेका हुन् ।

उनीहरूले आत्महत्या गरेका हुन् वा कसैले हत्या गरेर झुन्ड्याएको हो सो बारेमा अनुसन्धान भइरहेको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले ती पति पत्नी केही दिन अघिदेखि नै घरबाट बेपत्ता रहेको कुरा सुनिएको बताउनुभयो । 

घटना भएको स्थान पिकनिकस्थल रहेकाले पिकनिक गर्न पुगेकाहरूले झुन्डिएको अवस्थामा फेलापारेपछि प्रहरीलाई जानकारी दिएको बताइएको छ ।