• १२ वैशाख २०८१, बुधबार

सल्यानका किसानलाई धान भित्र्याउन चटारो (फोटो फिचर)

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, कात्तिक १३ गते । सल्यानको शारदा नदी आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन व्यस्त रहेका छन् । शारदा नदी, दार्माखोला, मर्मखोला र मुलखोला आसपासमा धान खेती हुनेगरेको छ । निरन्तर वर्षाका कारण यस वर्ष धान राम्रो उत्पादन भएको कृषकहरूको भनाइ छ ।