• १३ वैशाख २०८१, बिहिबार

लिभरपुललाई लिड्सको झट्का

blog

लिभपुलविरुद्ध गोल गरेपछि लिड्सका रोड्रिगो । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक १३ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दाबेदार टोली लिभरपुललाई लिड्स युनाइटेडको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुल लिड्ससँग २–१ गोलले पराजित भयो ।

लिड्सको जितमा रोड्रिगोलेले चौथो मिनेटमा खाता खोल्नुभयो । क्रिसेन्सियोले समरभिल्लेले ८९औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । यसअघि लिभरपुलका मोहमद सलाहले १४औँ मिनेटमा एक गोल फर्काएपनि टोलीको हार टरेन । जितसँगै लिड्स १५औँ स्थानमा छ । लिड्सले १२ खेलबाट १२ नै अङ्क बनाएको छ ।

पराजित लिभरपुल १६ अङ्कसहित नवौँ स्थानमा छ । अर्को खेलमा बलियो टोली चेल्सी ब्राइटनसँग ४–१ गोलले पराजित भएको छ । म्यानचेस्टर सिटी लेस्टर सिटीलाई १–० गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । सिटीको जितमा केभिन डे ब्रुयनले ४९औँ मिनेटमा गोल गर्नुभयो ।

शीर्षस्थानमा उक्लिएको सिटीले दोस्रो स्थानमा रहेको आर्सनललाई एक अङ्कले पछि पारेको छ । सिटीको १२ खेलबाट २९ अङ्क पुगेको छ । एक खेल कम खेलेको आर्सनलको २८ अङ्क छ । पराजित लेस्टर ११ अङ्कसहित १८औँ स्थानमा छ । अर्को खेलमा टोट्टनहामले बर्नमाउथलाई ३–२ गोलले पराजित गरेको छ । एजेन्सी