• १६ चैत २०८०, शुक्रबार

काठमाडौं–१० मा माओवादीद्वारा गठबन्धन अस्वीकार

blog

काठमाडौं, कात्तिक १४ गते । नेकपा (माओवादी केन्द्र) काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीनजना सदस्यहरूको उम्मेदवारी कायम रहेको जनाएको छ ।

सो पार्टीद्वारा प्रकाशित विज्ञप्तिमा प्रतिनिधिसभामा अन्जना विशंखे, प्रदेशसभा सदस्यको लागि १०  'क' मा दिलीप महर्जन र १० 'ख' मा विष्णुकुमार कुँवर नै यथावत् रहेको उल्लेख छ ।

उम्मेदवार दर्ता गरेदेखि नै यस क्षेत्रमा गठबन्धन नबनेको जनाउँदै चार दलीय गठबन्धनद्वारा प्रकाशित विज्ञप्तिप्रति अस्वीकार गर्दै सबै माओवादी उम्मेदवारहरू नै यथावत् रहेको जनाएको हो ।

गठबन्धनमा रहेका नेपाली काँग्रेसको प्रतिनिधिसभा सदस्यमा राजन केसी  र प्रदेश १० 'क' मा पुकार महर्जनको उम्मेदवारी परेको छ भने नेकपा (एकीकृत समाजवादी)को काठमाडौं १० 'ख' मा रमा आलेमगरको उम्मेदवारी परेको छ ।