• ११ वैशाख २०८१, मङ्गलबार

सुदूरपश्चिम प्रदेशमा भूकम्प महसुस

blog

बैतडी, कात्तिक १३ गते । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बझाङको लेखगाउँमा भएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।