• १६ चैत २०८०, शुक्रबार

बुलिङ्टार दुर्घटनाका पाँच मृतक र घाइतेको पहिचान खुल्यो (अपडेट सहित)

blog

पाल्पा, कात्तिक १३ गते । पाल्पाको रम्भा–१ हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस आइतबार बिहान दुर्घटनामा परेको छ । ना६ख७५८० नम्बरको बस बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २३ जना घाइते भएको प्रहरीले जनाएको छ । 

बस दुर्घटनामा परी रम्भा–१, का ४१ वर्षीया तारा विक, वर्ष १७ को विनथ विक, ६२ वर्षीया धनी विक, ५८ वर्षकी देवी गाहा र गल्याङ नगरपालिका–९ बेलचौरकी ४५ वर्षीया जुलमाया माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

यस्तै रम्भा–१, का ४ वर्षीय अङ्कित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रवीन सुनार, २० वर्षीय राम वि.क., २१ वर्षीय रीता वि.क, २५ वर्षीय काशिराम वि.क., १ वर्षीया आइसा वि.क., १६ वर्षीय अविनाश विक, १७ वर्षीय विशाल विक, ७ वर्षीया  पुष्पा विक, ४७ वर्षीय मेघनाथ विक घाइते हुनुभएको छ । यस्तै स्याङ्जा गल्याङ नपा–९ का २५ वर्षीया दिलमाया राना, सोही स्थानका ३ वर्षीय रविन राना, भैरहवा भीम अस्पतालमा कार्यरत ३२ वर्षीया सुमित्रा विक, रम्भा–१ भाले ढुङ्गाका १५ वर्षीया रिमा विक, रम्भा–१ की ३२ वर्षीया सनु सुनार, रम्भा–१ का ३८ वर्षीय प्रेमबहादुर सुनार, २० वर्षीय आशिष सुनार घाइते हुनुभएको छ । 

यस्तै २० वर्षीय विजय विक, ३६ वर्षीया माया विक, स्याङ्जा गल्याङ–८ का ३५ वर्षीय मनोजकुमार विक, सोही स्थानका ३० वर्षीया उमाकुमारी विक, गल्याङ ९ का ३० वर्षीया सरिता माझी, सोही स्थानका ३१ वर्षीय रामु राना, पाल्पा रम्भा–१ का १२ वर्षीया अस्मिता सुनार, ४७ वर्षीय ओमबहादुर विक, ४५ वर्षीया सेती विक र ४८ वर्षीय शिवकुमारी विक घाइते हुनुभएको छ । 

चालक रामपुर–३ गण्डकी ढिकका दिलकुमार श्रेष्ठ, सहचालक रामपुर–५ बेझाँडका साजन श्रेष्ठ पनि घाइते हुनुभएको घटनास्थलबाट प्रकाश ज्ञवालीले बताउनुभयो ।  घाइतेहरूलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणघाट पठाइएको छ । बस सडकबाट झन्डै सय मिटर तल खसेको छ । घटनास्थलमा अहिले प्रहरी र स्थानीय उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता पूर्व) का प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।

मनकामना मन्दिर दर्शनका लागि यात्रु लिएर हिँडेको बस कालीगण्डकी कोरिडोर नजिक बुलिङटार गाउँपालिका– २ मथारमा बिहान चार बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वले जनाएको छ । रम्भा १ च्याङलिङ, नौ गाउँ, गैरी र साठी क्षेत्रबाट २ बस यात्रु मनकामना दर्शनका लागि जाँदै गरेको अवस्थामा एउटा बस दुर्घटनामा परेको हो । 

Author

रेखीराम राना